समाज

जुम्लाको एक होटलमा आगलागी, समयमै पुग्यो दमकल
SHARES

कात्तिक २३, २०७६

    जुम्ला : जुम्ला खलंगा बजारको होटलमा  आगलागी भएको छ।  चन्दननाथ नगरपालिक-५  नेवाकिचन खाजा घरमा शनिबार बिहाना पौने ११ बजेतिर आगलागी भएको हो।

    जिल्ला प्रशासन कार्यालयअगाडि रहेको नवराज श्रेष्ठको घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालयलय नजिक भएको कारण   तत्काल दामकल र विपद् व्यवस्थापकको टोली  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय युवाहरुको सहयोगमा आगो नियन्त्रणमा  लिइएको प्रहरीले जनाएको छ।

    श्रेष्ठले आफ्नै घरमा होटल व्‍यवसाय गर्दै आएका थिए।  सुत्‍ने कोठा भएकाले स्वलरको ब्याट्रिय तथा पूजापाठ गर्दा आगलागी भएको हुनसक्ने आशंका प्रहरीको छ। दमकल समयमै पुगेका  कारण ठूलो क्षति हुनबाट जोगिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

     

     

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]