|

सुनसरी / काठमाठौं : जिल्लाको हाँसपोसा सामुदायिक वनले  सडक र जंगलमा फोहोर गर्नेलाई ५०० जरिवाना तिराएको छ।  सडक र आसपासका जंगललाई फोहोर गर्नेलाई  जरिवाना गरिएको सामुदायिक वनले जनाएको छ।

साताको अन्तिम दिन सडकमा फोहोर गर्नेलाई कारबाही स्वरुप जरिवाना गरिएको अभियन्ता ध्रुव भण्डारीले बताए। उनका अनुसार को२च २२४९ नम्बरको भेनलाई पाँच सय जरिवाना गरिएको हो।

अबदेखि जंगलको आसपासमा फोहोर नगर्ने प्रतिबद्बता जनाएकोले जरिवाना गराएर मुक्त गरिएको उनको भनाइ थियो। सफाइ अभियान चलाएपछि निरन्तर फोहोर गर्नेको अनुगमन गरिरहेको उनले जानकारी दिए। दैनिक बिहानको समयमा राजमार्ग सफाइ गरिरहेको उनले बताए।

सडक र जङगल फोहोर गर्दा सडक पनि फोहोर हुनुको साथै जंगलमा नयाँ विरुवा बढ्न नसक्ने उनले जानकारी दिए। स्थानीय सामुदायिक वन र संघ संस्था मिलेर सफाइ गरिरेहको उनको भनाइ छ। सडक र जंगल सफा गर्नु भनेको  तरहरावासीको सभ्यताको पहिचान हो,' उनले भने।

केही दिनयतादेखि निरन्तर कोशी राजमार्ग सडकखण्डको  चारकोशे झाडीअन्तर्गत धरान इटहरी सडकमा फोहोर बढेपछि सडक आसपासका बासिन्दा सफाइमा लागेका छन्। इटहरी २० तरहराका स्थानीय बासिन्दाले सफाइ अभियान चलाएर सडक सफाइ गर्न थालेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.