|

काठमाडौं : आगामी मंसिर १५ गतेबाट सुरु हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागी २० सदस्यीय महिला फुटबल टोली घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार निरु थापाको कप्तानमा खेलाडी छनोट गरेको हो।

टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ३० जनाबाट अन्तिम २० जनाको छनोट गरेका हुन्। नायज्दा कपअघि खड्काले ३२ सदस्यलाई क्लोज क्याम्पमा राखेका थिए। तर, क्लोज क्याम्प छाडेर आर्मीकी कृष्णा खत्री केही दिनअघि वैदेशिक रोजगारीमा र प्रिति राईले दशैँ बिदापछि राष्ट्रिय टिमको क्याम्पमा सहभागिता नजनाएपछि ३० जना खेलाडीले पोखरामा प्रशिक्षण गरेका थिए।

नेपाली टिममा रौतहटबाट अन्तिम ३२ मा स्थान बनाएका गोलरक्षक रविता राई, रोजिना श्रेष्ठ, सविता राना मगर र रश्मी कुमारी घिसिङले नेपाली टिममा स्थान बनाउन असफल रहे। त्यसैगरी, एपिएफकी निशा थोकर र रेखा पौडेल, आर्मीकी विमला विक, सर्मिला थापा र सपना लामा, पुलिसकी घिमकुमारी गुरुङले स्थान बनाउन असफल रहे।

सन् २०१० को ११औँ सागबाट महिला फुटबलसमेत समावेश गरिएको छ। जसको अघिल्ला २ वटा संस्करणमा नेपाल भारतसँग पराजित बन्दै रजत पदक प्राप्त गरेको थियो। घरेलु भूमिमा पहिलो पटक स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि तयारीमा जुटेको थियो। सागको महिला फुटबल आयोजना स्थल पोखरामै टोलीले अभ्यास गरिरहेको छ।

राष्ट्रिय महिला फुटबल टोली

गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ

डिफेन्डर : गिता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पुजा राना

मिडफिल्डर : रेणुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली कुमारी योन्जन, विमला चौधरी

फरवार्ड : सवित्रा भण्डारी, निरु थापा, अनिता केसी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.