|

दाङ : दाङको निर्वाचन क्षेत्र ३ (ख)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूविरुद्ध शुक्रबार कसैको पनि दावी विरोधको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले जनाएको छ।

निर्वाचन क्षेत्र ३ (ख) अन्तर्गत प्रदेशसभा सदस्य पदका लागि १२ राजनीतिक दल र २ जना स्वतन्त्र गरी १४ जनाले मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा मनोनयन दर्ता गराएका थिए। निर्वाचन आयोगको कार्यतालिकाअनुसार बिहीबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध शुक्रबार दावी विरोध गर्न सकिने व्यवस्था थियो।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार कसैको विरुद्ध दावी विरोध परेको छैन। शनिबार उम्मेदवारहरूको जाँचबुझ हुनेछ भने आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत थापाले बताए।

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेसँगै २५ गते सोमवार उनीहरूलाई चुनाव चिन्ह प्रदान गरिने कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.