|

काठमाडौं : भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  सर्वपक्षीय बैठक बोलाएका हुन्।

सर्वदलीय बैठकमा पूर्व-प्रधानमन्त्रीहरु, पूर्व-परराष्ट्रमन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकारलगायत सहभागी छन्। भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ। विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेका छन्। भारतले भने नयाँ नक्सामा कुनै फेरबदल नगरिएको दाबी गर्दै आएको छ।

सत्तासीन दल नेकपा र प्रमुख प्रतिपक्ष दलका विद्यार्थी संगठनहरू नै गो ब्याक इण्डिया भन्दै सडकमा निस्किसकेका छन्। शुक्रबार मात्र लैनचौरको भारतीय दूतावासअगाडि 'गो ब्याक इण्डिया' भन्दै विरोध प्रदर्शन भएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने नेविसंघका नेताहरूलाई निवासमै बोलाएर भारतीय कदमविरुद्ध सडक आन्दोलनमा उत्रन निर्देशन दिइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.