बाग्लुङ टुक्राउने शर्तमा राजमोका उमेदवारलाई समर्थन

|

सन्तोष अधिकारी/तारानाथ आचार्य 

पोखरा : बाग्लुङमा नेकपाविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका शेरमान घर्ती मगरले पश्चिम बाग्लुङलाई छुट्टै जिल्ला बनाउने शर्तमा सम्झौता गरेर चुनाव लड्नबाट पछि हटेका छन्।

नेकपाले हेलिकोप्टर नै चढाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याए पनि समय घर्की सकेकोले उनले उम्मेदवारी भने फिर्ता गर्न पाएनन्। बाग्लुङमा नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई समर्थन गरेको छ। शेरमानले भने नेकपाले धोका दिएर संघीयता विरोधी पार्टीको उम्मेदवारलाई समर्थन जनाएको भन्दै उम्मेदवारी दिएका थिए। 

‘शेरमानको उम्मेदवारी फिर्ता नभए पनि उहाँले चुनाव लड्नु हुन्न’, नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले भने,‘उहाँले खिमलालजीलाई नै सहयोग गर्नुहुनेछ।’ बाग्लुङमा पत्रकार सम्मेलन गरेर शेरमानले पश्चिम क्षेत्रलाई छुट्टै जिल्ला बनाउने सहमति गरेपछि चुनावमा शाहीलाई सहयोग गर्ने निचोडमा पुगेको बताए।

‘पार्टीमा विमति थियो। खण्ड बागलुङको मेरो मागलाई सम्बोधन गर्छौं भनेपछि म यो निणर्यमा पुगेँ’, पत्रकार सम्मेलनमा घर्तीले भने,‘दुई तिहाईको सरकारले मेरो माग पूरा गर्न सक्छ।’ घर्ती राज्यको पुनः संरचना हुने बेलादेखि नै बागलुङलाई टुक्रयाएर दुई जिल्ला बनाउने पक्षधर अभियान्ता हुन्।

‘उहाँ लगायत पश्चिमका जनताको मागलाई पार्टी केन्द्रमा रख्ने भनेका छौं’ नेकपा अध्यक्ष सापकोले भने, ‘माग सम्बोधन गराउन हाम्रो पहल हुन्छ।’ 

आचारसंहिता मिचेर हेलिकोप्टर प्रयोग 

नेकपा बाग्लुङले निर्वाचन आचार संहितालाई ख्यान नै नगरी बागी उम्मेदवारलाई हेलिकोप्टर चढाएर सदरमुकाम ल्यायो। निर्वाचन ऐन अनुसार मुख्य निर्वाचन अधिकृतको स्वीकृतिविना उम्मेदवारले कुनै पनि सवारी साधन प्रयोग गर्न र गराउन पाउँदैन। ‘उनी त्यसरी आए। नाम फिर्ता लिन आएको भन्ने बुझिएको छ। यहाँ आधिकारीक केही पनि आएको छैन’,मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले भने,‘हेलिकोप्टर चढ्न भनेर उहाँले यहाँबाट स्वीकृति लिनु भएको छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.