|

काठमाडौं : आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्।

निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जनाएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेका क्षेत्रमा उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम आज सम्पन्न भएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिए। उनले उम्मेदवारी फिर्तालगत्तै २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। 

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा विभिन्न राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्। यस्तै बाग्लुङमा राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङमा राजनीतिक दलका १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोे आयोगले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.