|
फाइल तस्विर

रौतहट : रौतहटको एक प्रहरी चौकीमा बम विष्फोट भएको छ। जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए। सेन्ट्री पोस्टमा बसेका यादव बम प्रहारबाट घाइते भएका हुन्। प्रहरीले बम प्रहार गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दनकुमार छन्। उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरीले जनाएको छ।

मठिया चौकी नेपाल-भारत सीमा क्षेत्रमा पर्दछ। घटनाको क्षतिबारे जानकारी लिनका लागि प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रमुख एसपी खत्रीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.