|
प्रतीकात्मक फोटो

गुल्मी : गुल्मीमा बेवारिसे अवस्थामा फेला परेका तीनवटा शवको अहिलेसम्म पनि पहिचान हुन सकेको छैन। कात्तिक १६ गते शनिबार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका-३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिलाको र अन्दाजी ७ र ८ वर्षका २ बालिकाको बेवारिसे अवस्थामा शव फेला परेको थियो।

कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर पर २ वटा बालबालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए। शवलाई पाल्पाको जिल्ला अस्पतालमा सुरक्षित राखिएको घलले बताए। अहिलेसम्म शवको पहिचान हुन नसकेकाले लामो समयसम्म शबलाई राख्नुपर्ने भएकाले पाल्पा पठाइएको घलेको दाबी छ।

घटनाको अवस्था हेर्दा कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको घलले बताए। शवको पहिचान गर्न नै नसकेका कारण थप अनुसन्धानमा समस्या भएको उनले बताए। जसका लागि पाल्पा, बाग्लुङ, म्याग्दीलगायतका जिल्ला प्रहरी कार्यालयसँग पनि समन्वय भइरहेको घललेले दाबी गरे। आफूहरूले जताततै खबर गरेका बताउँदै कसैको आफन्तको शव भएमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्न पनि घलले आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.