|

काठमाडौं : एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले भारतले गत हप्ता सार्वजनिक गरेको नयाँ नक्सा अविलम्ब सच्याएर सार्वजनिक गर्न माग गरेको छ।

एक वक्तव्य जारी गर्दै मोर्चाले नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको भारतको सीमासँग जोडिएको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि लिपुलेकसम्मको (३७२ किलोमिटर) कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समावेश गरेकोमा आपत्ति प्रकट गर्दै मोर्चाले नक्सा सार्वजनिक गर्न माग गरेको हो।

मोर्चाले भारतले आफ्नो नक्सामा नै उक्त क्षेत्रलाई समावेश गर्नु सीधै अन्तर्राष्ट्रिय कानुन र मान्यताविपरीत भएको मोर्चाले जनाएको छ। पूर्वराज्यमन्त्रीसमेत रहेका मोर्चाका संयोजक सूर्यमान दोङ 'लालध्वज'द्वारा हस्ताक्षरित् विज्ञप्तिमा भनिएको छ, ‘भूगोलको हिसाबले नेपाल सानो होला, तर देशको स्वतन्त्र सार्वभौमसत्ता र भौगोलिक अखण्डताको हिसाबले नेपाल-भारत समान छिमेकी देश हो। यो कुरा भारतले बिर्सनु हुँदैन। भारत सरकारलाई अविलम्ब नक्सा सच्याउन आग्रह गर्दछ।’

मोर्चाले भारतले बेला-बेलामा सीमामा गरिरहेको मिचाहा र हेपाहा प्रवृत्तिबाट नेपाली जनतामा गहिरो चोट पुगेको समेत उल्लेख गरेको छ। साथै मोर्चाले नेपाल सरकारले उक्त सीमासम्बन्धी आफ्नो धारणा प्रष्ट पारे पनि सीमासम्बन्धी विवाद हल गर्न अविलम्ब कूटनीतिक प्रयास अघि बढाउन जरुरी भएको समेत जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.