|

 काठमाडौं :  एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कका आफ्ना साथी र आफन्तजनसँग सुलभ दरमा कुरा गर्न सक्ने भएका छन्। 
 

एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएपछि यस्तो सहज हुने भएको हो। यस अन्तर्गत ग्राकहले कर बाहेक प्रतिमिनेट १ रूपैयाँको दरमा देशभित्रका सबै नेटवर्कमा कल गर्न सक्छन् । 
 
यो अफरबाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट १.९९ रूपैयाँ लाग्दछ ।  
 
यो अल नेट भ्वाइस प्याक मंगलबार (कार्तिक २६) देखि संचालनमा आएको छ । यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० (कर सहित रु २५.५४) मा लिन सक्छन् । 

यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७ह्यास डायल गर्न सक्छन् । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । 
 
यो प्याकले ग्राकहलाई थप मुल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.