|

विराटनगर : नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले भारतले जारी गरेको नेपालको भूमिसहितको नक्सा अविलम्व सच्याउनु पर्ने बताएका छन्। 

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भू-भाग भएकाले भारत सरकारले तत्काल नक्सा सच्याई अतिक्रमित नेपाली भू-भागबाट तत्काल फिर्ता गर्नुपर्नेमा जोड दिए। 

'नेपालको एक इन्च भू-भाग पनि अतिक्रमण गर्ने कुरा नेपाली जनतालाई सह्य हुँदैन', उनले । आफ्नो देशको भूमि अतिक्रमण गर्दा जनताले विरोध गर्नु स्वभाविक भएको उनले प्रष्ट पारेका छन्। 
अतिक्रमित भू-भाग र्फिता गराउने विषयमा सबै राजनीतिक दल एक भएकाले यस सम्बन्धमा सरकारले कूटनीतिक पहल गरी भारत सरकारसँग ठोस वार्ता गर्नुपर्ने उपसभापति गच्छदारको भनाइ थियो । 

सरकारले प्रतिपक्षसँग सहमति, साझेदारी एवं  विश्वासको आधारमा राज्य सञ्चालन गरे मुलुक समृद्ध हुने उनले बताए। उपसभापति गच्छदारले आगामी मङ्सिरको पहिलो हप्ताभित्र फोरम लोकतान्त्रिक र काङ्ग्रेसबीच ११ केन्द्रीय सदस्यलगायत अन्य समायोजन प्रक्रिया टुङ्गिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.