|

कपिलवस्तु : गत साउन महिनामा आएको बाढीले ढालेका नेपाली सीमा स्तम्भहरु हालसम्म पनि पुर्ननिर्माण गरिएका छैनन्। 

देशैभर सीमा विवाद भईरहदा विगत ४ महिना अघि आएको बाढीले ढालेका सीमा स्तम्भको अझै मर्मत एवं संरक्षण हुन सकेको छैन्। नेपाल÷भारत सीमा छुट्याउने अर्ररा नदी किनारमा स्थापना गरिएका ५ वटा सीमा स्तम्भ बाढिका कारण ढलेका हुन्। विजयनगर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका ती स्तम्भहरुको सरकारी निकायबाट निरीक्षण गरिएपनि मर्मत तथा पुर्ननिर्माणबारे चाँसो देखाइएको छैन्।

विजयनगर गाउँपालिका ५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७।७ र त्यस्को ५ सयमिटर उत्तर दूरीमा रहेको पिलर नं. ५७८।१० पानीमा लडेका छन्। गाउँपालिकाको वार्ड नं. ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमामा रहेको पिलर नं. ५७७।७ र ५७७।९ पनि ढलेकै अवस्थामा छन्। ५७७।९ नम्बर पिलर तेस्रो परेर बालुवामा धसिएको छ भने ५७७।७ को आधा भाग पानीमा डुबेको छ। विजयनगर गाउँपालिका १, चमरका जंगलमा अरर्रा नदीको भेलले २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको स्थानियको भनाइ छ।

विजयनगर गाउँपालिका ५ का स्थानीय रामबहादुर थापाले सरकारले सीमा स्तम्भको संरक्षण गर्न नसकेको बताउछन्। ‘विजयनगर क्षेत्रमा मात्र ५ वडा स्तम्भहरु जिर्ण भई ढलेका छन् अर्काे पटकको वर्षायाममा ति स्तम्भ बगाउने संभावना उच्च छ’ उनले भने।

दैनिक जसो सिमा क्षेत्रमा पुग्ने सुरक्षा निकाय निरीक्षण गरेर फर्कन बाहेक केहि गर्न सकेको छैन्। वर्षाको भेलले सीमा स्तम्भ लडाएसँगै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ। सीमास्तम्भ निर्माणका लागि दुइदेशीय टोलीकै आवश्यकता पर्ने भएकाले सोको लागि केन्द्रीयस्तरकै पहल आवश्यक छ। विजयनगर गाउँपालिका ५ का वडा अध्यक्ष अनवर मुसलमानले पटक पटक निरीक्षण गर्न गएको भएपनि कुनै कदम भने चाल्न नसकेको बताए। ‘सिमा क्षेत्रको कुरा हो, यसलाई सामान्य लिनुपनि भएन, तर सिमा स्तम्भ पुनः निमार्ण गर्न ढिलाई गर्न हुदैन।’ मुसलमानले भने। 

सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतका दुइ देशीय केन्द्रीयस्तरको सर्वेक्षकसहितको प्राविधिक टोलीले मात्र संरक्षण गर्न सक्ने भएकाले सीमा स्तम्भ संरक्षणमा ढिलाई भएको हो। शसस्त्र प्रहरी गुल्म कृष्णनगर क्षेत्रमा मात्र २ सय ८९ सीमा स्तम्भ रहेका छन्, जसमा एउटा जङ्गे पिल्लर रहेको छ भने त्यो जिर्ण रहेको छ। ‘केहि स्तम्भहरु नयाँ बनेका छन्, केहि पुराना जिर्ण छन्, जो विभिन्न कारण मर्मत हुन सकिरहेका छैनन’ शसस्त्र प्रहरी बल कृष्णनगरका डिएसपी शुशिल शाहीले भने।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले स्तम्भको अवस्था बारे बुझ्न सुरक्षा अधिकारीसहितको टोली पुगेको बताए। दुवै देशका पदाधिकारी बसेर स्तम्भ उठाउनुपर्ने अध्यक्ष थापाको तर्क छ। 

जिल्लाकै विकट क्षेत्र रहेको जवाबैराठमा रहेका केहि स्तम्भहरु समेत जिर्ण अवस्थामा छन्। ति स्तम्भलाई पुर्न निमार्ण गर्न आवश्यक देखिन्छ। दुई देशका सीमामा ४६ मुख्य सीमा स्तम्भ, २ सय २६ सहायक सीमा स्तम्भ र २ सय ६० साना सीमा स्तम्भ गरि कुल ५ सय ३२ सीमा स्तम्भहरु छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.