|

धरान : आगामी मंसिर १४ को उपनिर्वाचनमा धरान नगरपालिकाको मेयर पदमा २२ जनाले उम्मेदवारी दर्ता गरेका छन्। ११ वटा दल र ११ जना स्वतन्त्र उमेदवारले मनोनयन दर्ता गराएका हुन्।

सत्तारूढ नेकपाका तर्फबाट प्रकाश राइको उम्मेदवारी दिएका छन्। नेकपामा बाघी उठ्ने चर्चा चलेको बेला स्वर्गीय मेयर तारा सुब्बाकी पत्नी इन्दु सुब्बाले बुधबार भएको मनोनयनमा नेकपा उमेदवार राईको प्रस्तावक बनेकी थिइन्।

बुधबार नेकपाका प्रकाश राईसँगै नेपाली कांग्रेसबाट तिलक राईको उमेदवारी दर्ता गराएका छन्। यस्तैगरी, संघीय समाजवादी पार्टीबाट गजेन्द्र इस्बो, मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदबाट अमर इजमको मनोनयन परेको छ। धरानमा मेयर पदका लागि ११ दलीय र ११ स्वतन्त्र उमेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

यसैगरी, धरान ७ को वडा अध्यक्षका लागि नेकपाबाट जीवनकुमार सुवेदी र नेपाली कांग्रेसबाट सुवर्णमान पालिखेको मनोनयन भएको छ। वडा अध्यक्षमा दलीय र स्वतन्त्र गरेर दर्जन उमेदवारको मनोनयन भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.