छापा

९६१ स्थानमा सीमा अतिक्रमण

कात्तिक २८, २०७६

    काठमाडौं : नेपाल–भारत सीमा जोडिएका १५ जिल्लाका ९६१ स्थानमा सीमा अतिक्रमण भएको देखिएको छ। 

    सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा भारतसँग सिमाना जोडिएका ९६१ स्थान सीमा विवाद रहेको उल्लेख छ।  सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले हरेक महीना सीमाा क्षेत्रको अतिक्रमण, विवाद र त्यहाँ बनेका घरटहराका विषयमा विवरण पठाउने गर्छ भन्ने खबर नागरिक दैनिकमा छ।

    उक्त विवरणअनुसार इलाममा १८, झापामा ३५, मोरङमा १९ र सुनसरीमा ३९ स्थानमा भारतीय अतिक्रमण भएको छ। त्यस्तै सप्तरीमा २१, सिरहामा ६३, धनुषामा ६५, महोत्तरीमा ४५ र सर्लाहीमा १५१ स्थानमा सीमा विवाद देखिएको  छ। 

    विवरणअनुसार रौतहटमा ८ स्थान, बारामा १४ स्थान र सबैभन्दा बढी पर्सामा ४ सय ५४ स्थानमा सीमा विवाद देखिएको छ। कैलालीमा २ र कंचनपुरमा २७ स्थानमा विवाद देखिएको सशस्त्रको प्रतिवेदनमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]