|

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ शुरू भएको छ। उनीमाथि पुनः निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप छ।

राष्ट्रपति ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्। अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाणहरू अब प्रत्यक्ष रूपमा प्रशारण गरिनेछन्। बयान दिने पहिलो व्यक्ति युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलर छन्।

बन्द कोठाको सुनुवाइमा टेलरले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध कियभले भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु नगर्दासम्मको लागि युक्रेनलाई दिने अमेरिकी सहयोग रोकेको बताएका थिए।

अमेरिकी डेमोक्रयाटहरूले उनी र अन्य प्रत्यक्षदर्शीहरूले सार्वजनिक रूपमा आरोपहरू दोहोर्‍याउने आशा गरेका छन् । रिपब्लिकन र डेमोक्रयाट दुवैपक्षले यो प्रक्रियाभरी उत्तेजक भाषा प्रयोग गर्दै आएका छन्।

रिपब्लिकनहरूले ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि उनलाई ‘कु’ गर्ने प्रयास गरेको आरोप डेमोक्रयाटहरूमाथि लगाएका छन्।  महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो। यदि तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाई गर्नुपर्ने बाध्यता हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.