|

काठमाडौं : आसन्‍न नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि देशभरका सार्वजनिक सवारीसाधननमा प्रचार सामाग्री टाँसिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले उक्त कुराको जानकारी दिएका हुन्। 

'आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने छन्', उनले भने, 'स्टिकर र लोगे यातायात ब्यवसायीहरुलाई वितरण गरेर यो अभियानको शुभारम्भ गरिएको छ।'

पर्यटन मन्त्रालयका अनुसार उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकलाई भ्रमण वर्षबारेमा तालिमको ब्यवस्था गरिने भएको छ। त्यसैगरि सार्वजनिक यातायातका यात्रु तथा चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन एक सयजना स्वयमसेवक परिचालन गरिने मन्त्री भट्टराईले बताए। 

भ्रमण वर्ष सफल बनाउन यी कामको समन्वय पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्ड, स्थानीय तह, यातायात ब्यवसायी राष्ट्रिय महासंघ, ट्रेड युनियन र ट्राफिक प्रहरीसहितले गर्ने भएका छन्। 


 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.