|

काठमाडौं : ढिलो गरी सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी समायोजन लगभग सकिएको छ। हाल झन्डै दुई सयको हाराहारीमा रहेका ल्याव असिस्टेन्ट बाहेक करिब २७ हजार बढी विभिन्न पद तथा समूहका स्वास्थ्यकर्मीहरूको लगभग सकिएको मन्त्रालयले बताएको छ। तर अझै धेरै पालिकाहरूले कर्मचारीलाई हाजिर गराउन मानेका छैनन् । कतिपय पालिकाले भने दरबन्दीभन्दा धेरै कर्मचारी भएको भन्दै तलब खुवाउने सुनिश्चिता मन्त्रालयले दिए मात्र हाजिर गराउन सक्ने व्यहोराका चिठी नै  पठाउन थालेका छन् ।

तर, हाल स्वास्थ्यका कर्मचारीको समायोजनमा भएका कर्मचारीहरूले भने समायोजन भएको स्थानीय तहमा हाजिर गर्न नपाएको भन्दै मन्त्रालय धाउन थालेका छन्। कर्मचारी समायोजनका समयमा सामान्य प्रशासन मन्त्रालयले खटाएका ठाउँमा समस्या आएको मन्त्रालयका कर्मचारी प्रशाशन प्रमुख सहसचिव शिवराम न्यौपानेले बताए।

उनले भने ‘समायोजनका नाममा दरबन्दीभन्दा धेरै कर्मचारी शहरी क्षेत्रहरूमा भएका छन्, अझै धेरै पालिकाहरूले कर्मचारीलाई हाजिर गराउन मानेको छैन। कतिपय पालिकाले भने दरबन्दीभन्दा धेरै कर्मचारी भएको भन्दै तलब खुवाउने सुनिश्चिता मन्त्रालयले दिएमा मात्र हाजिर गराउन सक्ने व्यहोराका चिठी नै  पठाउन थालेको अवस्था छ।‘

ललितपुर, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, चितवनजस्ता शहरी क्षेत्रमा पुगेका कर्मचारीलाई स्थानीय पालिकाले हाजिर गर्न नदिएको पाइको हो। यी सबै गुनासो बोकेर फेरि कर्मचारीहरू मन्त्रालय धाउन थालेका छन्। नेपालगञ्ज उपमहानगरले पठाएको चिठी समायोजनमा असन्तुष्ट कर्मचारीहरू समस्या समाधान हुने आशमा दिनभर मन्त्रालयमा रुमल्लिरहेका भेटिन्छन्।

तर, स्वास्थ्यका उच्च पदाधिकारहरू भने सामान्य प्रशासन मन्त्रालयले सेवा सञ्चालन गर्ने मन्त्रालयसँग समन्वय नगरी समायोजन गर्दा यस्ता समस्या निस्केको बताउँछन्। स्वास्थ्यमा रहेका २७ हजार ५ सय कर्मचारी मध्ये ८ हजारले समायोजनमा असन्तुष्टि व्यक्त गरेका छन्। करिब २७ हजार स्वास्थ्यको कर्मचारीको समायोजन भएकोमा संघमा २७ सय, स्थानीय तहमा २२ हजार र अरू सबै प्रदेशस्तरमा समायोजन भएको समेत मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.