|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको कोटखोलामा आएको बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुनर्निर्माणका लागि विद्यालयका पूर्वविद्यार्थी, अभिभावक र शुभेच्छुकले साढे दुई लाख रुपैयाँ सहयोग गरेका छन्।

गत असोज ४ गते राति आएको बाढीले विद्यालयलगायत स्थानीय ७ घरलाई क्षति पुर्‍याएको थियो। बाढीका कारण करिब २ करोड बराबरको क्षति भएको थियो। बाढीले क्षति पुर्‍याएको विद्यालय छोटो समयमा पुनर्निर्माण गरी नियमितरूपमा पठनपाठन संचालन गरिएको विद्यालयका संचालक/प्रबन्ध निर्देशक राजकुमार थापाले जानकारी दिए।

विद्यालय संचालक समितिका सदस्य एवं लेखाशाखा प्रमुख देवी थापा मगरका अनुसार विद्यालयमा पढेर अहिले देश विदेशमा स्थापित हुन सफल विद्यालयका पूर्वविद्यार्थी र उनीहरूका अभिभावकबाट स्वच्छिकरूपमा सहयोग प्राप्त भएको हो। ‘बाढीका कारण विद्यालयमा भएको भौतिक क्षति र त्यसलगत्तै भएका पुनर्निर्माण अनि यस्तो विषम अवस्थामा पनि नियमति पठनपाठन संचालन भएको देखेर र सुनेर शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएको छ', थापा मगरले भनिन् ‘धेरै अभिभावक, पूर्वविद्यार्थी र शुभेच्छुकहरूबाट सहयोगको प्रतिबद्धता पनि प्राप्त भएको छ।'

जिल्ला र जिल्ला बाहिरका अभिभावबाट र विदेशमा रहेका शुभेच्छुकहरूबाट विद्यालय पुनर्निर्माणका लागि सहयोग प्राप्त भएको विद्यालय प्रशासनले जनाएको छ। साथै विद्यालयमा अध्यापनरत शिक्षक/शिक्षिका र कर्मचारीले आफ्नो एक महिनाको तलबको २५ प्रतिशत रकम सहयोग गरेका लेखा प्रमुख थापाले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.