|

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरे।

आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा बिहीबार हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले भने, 'राजधानी र नामकरणको विषयको चर्चा धेरै भयो। अबको १५ दिनभित्र टुङ्ग्याउँछु।' 

कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उनले आग्रह गरे। 'देश ऋण र अनुदानबाट होइन। जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ', मुख्यमन्त्री पौडेलले भने, 'कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ' उनले भने, 'जनताले तिरेको कर सदुपयोग भएको छ कि छैन।त्यो जनताको अधिकार हो। त्यसमा सजग र सतर्क हुनुपर्छ।'

 सिस्नुपानी नेपालले सरकारको करमैत्री कार्यक्रममार्फत सहयोग गरेको काम सराहनीय भएकोमा मुख्यमन्त्री पौडेलले प्रशंसा गरे।

आन्तरिक राजश्व कार्यालय हेटौँडाका प्रमुख सन्तबहादुर ढकालको सभाध्यक्षतामा भएको सो कार्यक्रममा कलाकार मनोज गजुरेल, धीरेन्द्र प्रेमर्षिलगायतले कर तिर्ने सम्बन्धमा मनोजञ्जनात्मक प्रस्तुति दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.