बिरामी भएर अस्पतालमा उपचाररत भारतीय गायिक लता मंगेशकरको निधन भएको झुटो खबर फैलिएको केहि समय नबित्तै अर्का हलिउड सुपर स्टार ‘द रक’ अर्थात नायक जोनसनको निधन भएको खबर विश्वभर फैलियो।
अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसी लोगोसहितको एउटा समाचार विभिन्न अनलाइनहरु तथा सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा एउटा खतरनाक स्टन्ट गर्ने क्रममा उनको मृत्यु भएको उल्लेख गरिएको छ।
सामाजिक सञ्जालमा उक्त खबरका साथ भिडियो पनि राखिएको छ, जसलाई खोलेर हेर्न खोज्दा सो समाचार सेयर गर्ने मेसेज स्वतः खुल्न जान्छ। वास्तवमा, द रक मारिएको खबर वास्तविक नभएर इन्टरनेटमा फैलिएको गलत हल्ला मात्रै हो। ४७ वर्षीय जोनसन त्यस्ता कुनै दुर्घटनामा नपरेको र उनी स्वस्थ एवं जीवितै छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।