बालगोपालेश्‍वर पनि धमाधम बन्दै

|

काठमाडौं : काठमाडौं उपत्यकामा सुन्दरताको एउटा प्रतीक रानीपोखरी अहिले मृतप्राय छ। यसमा ज्यान भर्ने अभियानमा करिब एक वर्षदेखि भक्तपुरका महिलाहरु जुटिरहेका छन्। 

सुरुमा काठमाडौं महानगरपालिका पुनर्निर्माण प्रयास थालेर असफल भएपछि रानीपोखरी निर्माणको जिम्मा अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्हालिरहेको छ। यही तिहारमा पानी जमाउने प्रयास असफल भएपछि प्राधिकरणले माघसम्मलाई सारेको छ। 

पानी सुकेर उजाड बनेको रानीपोखरीमा पानी जमाउन अहिले भक्तपुर, पनौती र सतुङ्‍गलबाट कालोमाटो ल्याएर पिँधमा हालिँदैछ। यो पोखरीको कालोमाटो निकालेर फालिएपछि पानी जमाउन समस्या भएको थियो। 

२०७२ वैशाख १२ गतेको भूकम्पपछि क्षतिग्रस्त भएको पोखरी लामो समय अलपत्र परेपछि अब नयाँ स्वरुप लिन लागेको हो। मल्लकालिन यो ऐतिहासिक पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पनि अहिले पुनर्निर्माण तीव्र पारिएको छ। प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण ६० प्रतिशत पुरा भइसकेको जानकारी दिएका छन्। 

मन्दिरलाई ग्रन्थकुट-शिखर शैलीमा पुनर्निर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का दिएको थियो। यो मन्दिर १० महिनामा निर्माण सक्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिए/तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.