|

रौतहट : नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मो. अफताव आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। जिल्ला अदालत रौतहटमा एक हप्तादेखि जारी थुनछेक बहस शुक्रबार दिउँसो सकिएको हो। उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

पुर्पक्षको आदेश आलमविरुद्ध आए हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला अदालत वरपरको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिसकेको थियो। बिपी चोक तलतिर गौर बजारका सडकका दुवैतर्फ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

यस्तै केही समयअघि आलम पक्षका मानिसलाई जिल्ला अदालत क्षेत्रबाट सुरक्षाकर्मीले भगाएको थिए। उनीहरूलाई सुरक्षाकर्मीले बिपी चोकभन्दा माथि धपाएका थिए। अहिले अदालत परिसरमा पत्रकार, सुरक्षाकर्मीबाहेक अरूलाई छिर्न दिइएको छैन।

हस सकिएकाले अब जिल्ला न्यायाधीश दीपक ढकालको इजलासबाट पुर्पक्षको आदेश प्रतीक्षा गरिएको छ। जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीका अनुसार शुक्रबार बहस सकिएको र न्यायाधीश ढकालले पुर्पक्षको छिनोफानोसहित आदेश दिने बताए। 

आलमले विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेकोसहित तीनवटा अभियोगमा मुद्दा खेपिरहेका छन्। आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव बिथोल्न जिल्लाकै राजपुरमा बम बनाउने क्रममा विस्फोटमा परेर घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोग लागेको हो।

*अपडेट गरिएको।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.