|

बाँके : स्वचालित पेस्तोलसहित पक्राउ परेका नेपाल तरुण दल, नेपालगन्ज नगरसभापति सन्दीपजंग शाहविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। नेपाल तरुण दलले आह्वान गरेको बाँके बन्दकै दिन इलाका प्रहरी कार्यालय, कोहलपुरले शाहविरुद्ध हतियार खरखजाना मुद्दामा पाँच वर्ष जेल सजायको मागसहित अदालतमा मुद्दा दायर गरेको हो।

बाँके बन्दका बीच शुक्रबार बाँके जिल्ला अदालतमा पाँच वर्ष जेल सजायको मागसहित शाहविरुद्ध मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले बताए। उनले जिल्ला सरकारी वकिलमार्फत शाहविरुद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताए। 'रायसहित प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययनपछि मुद्दा दर्ता गरेको हो,’ उनले भने।

नगरसभापति शाहविरुद्ध शुक्रबार अदालतमा मुद्दा दायर हुने जानकारी पाएपछि तरुण दल, बाँकेले शुक्रबार बाँके बन्द गरेको थियो। १४ कात्तिकमा पक्राउ गरिएका शाहसहित चारजनालाई मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत हातहतियार तथा खरखजानासम्बन्धी कसुर प्रमाणित हुन आएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था भएको डिएसपी शाहीले बताए।

कोहलपुर ईलाका प्रहरीले पहिलोपटक सात दिन म्याद थप गरेर कात्तिक १६ गते शनिबारदेखि सभापति शाहमाथि अनुसन्धान गरेकोमा दोस्रो पटक २ दिन र तेस्रो पटक पुनः ७ दिन म्याद थपेर अनुसन्धान गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.