|

अबुधाबी : युएईमा जारी अबुधाबी टि–१० लिग क्रिकेट प्रतियोगितामा नेपाली अलराउण्डर पारस खड्काको टिम अबुधाबीले पहिलो खेलमा कलन्दर्ससँग अंक बाँडेको छ।

शुक्रबार राति भएको खेलमा कलन्दर्ससँगको खेल बराबरीमा सकिएपछि अबुधाबीले अंक बाँडेको हो। टस हारेर ब्याटिङमा तानिएको टिम अबुधाबीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। कोरी एण्डरसनले ४३, लुक राइटले २०, निरोशन डक्वेलाले १७, लुइस ग्रेगोरीले ११, कप्तान मोइन अलिले ७ रन बनाए।

टि–१० लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का तीन रनमा नटआउट रहे। कलन्दरसका लागि लाहिरु कुमाराले २ तथा सेकुगे प्रसन्ना, जोर्डन क्लार्क र क्रिस जोर्डनले समान १/१ विकेट लिए। 

१०४ रनको लक्ष्य पच्छ्याएको कलन्दर्सले पनि तीन विकेटको क्षतिमा १०३ रन बनाएपछि खेल बराबरीमा सकिएको हो। कलन्दर्सका लागि डविड मलनले ३३, लुक रोन्चीले २३ , फिल साल्टले २२ तथा टम वाल्टनले १६ रनको योगदान गरे। प्रतियोगिता अन्तर्गत शनिबार तीन वटा खेल हुँदैछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.