|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। मेरुदण्डमा समस्या आएपछि उपचारका लागि उनी वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएका हुन्।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद यादवका अनुसार हिँड्डुल गर्नै नसक्ने अवस्थामा रहेका राज्यमन्त्री यादवको वीर अस्पतालका नशा रोग विशेष राजीव झाको टोलीले उपचार गरिरहेको छ। उनले भने, 'उहाँको मेरुदण्डमा समस्या देखिएको छ,' उनले थपे, 'सम्भवत: भोलिसम्ममा डिस्चार्ज हुनुहुन्छ होला।'

पछिल्लो केही समयदेखि अस्वस्थ रहेका राज्यमन्त्री यादव सुरुमा नर्भिक अस्पतालमा उपचारका लागि गएका थिए। केही दिन अस्पताल बसेरै उपचार गर्नुपर्ने भएपछि राज्यमन्त्री यादव वीर अस्पतालमा भर्ना भएको निर्देशक यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.