|

सोलुखुम्बु : खुम्बु क्षेत्रको भ्रमणमा आएक एक बिदेशी नागरिकको लडेर मृत्यु भएको छ।

आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ मा लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार २ सय मिटर तल खस्दा घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।

शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ। उनीसहित ११ जनाको समूहमा आरोही पुटलोज इन द हिमालयन प्रालिमार्फत खुम्बु आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.