|

चिनियाँ विमानको ककपिटमा बसेकी युवतीको भाइरल भएपछि  उक्त विमानका चालकलाई उडान गर्न आजिवन प्रतिबन्ध लगाइएको छ।

आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्रको ककपिटमा खिचिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि विमानसेवाले ती विमानचालकलाई विमान उडान आजीवन प्रतिबन्ध लगाइएको घोषणा गर्‍यो।

तस्बिर खिच्दा ती महिला हँसिलो मुद्रा देखिन्छिन् र उनको अगाडि खानेकुरा पनि देखिन्छ। एअर ग्वेयलिनले विज्ञप्तिमार्फत् ककपिटमा असम्बन्धित मानिसलाई लगेको भन्दै पाइलटले उड्डययन सुरक्षाका नियमहरू उल्लङ्घन गरेको जनाएको छ।

ती महिला ग्वेयलिन विश्वविद्यालयकी प्रशिक्षार्थी विमानपरिचारिका हुन सक्ने अनुमान गरिएको जनाएको छ। सो विमानसेवाले उक्त तस्बिर उडान हुँदाहुँदै खिचिएको हो कि हैन त्यो स्पष्ट पारेको छैन। तर चिनियाँ विमानचालक तथा समीक्षकहरूले विमान उडिरहेकै बेला फोटो खिचिएको हुन सक्ने बताएका छन्।

आजीवन प्रतिबन्धको कारबाही खेपेका विमानचालकको परिचय गोप्य राखिएको छ। तर उनी विमानसेवाका सबैखाले भूमिकाबाट हटाइएका हुन कि होइनन् भन्ने स्पष्ट छैन। त्यसमा संलग्न अन्य कर्मचारीलाई अनुसन्धान पूरा नहुँदासम्मका लागि निलम्बन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.