|

सिन्धुली : सुनकोशी गाउपालिका–६ खाल्टेमा रहेको आत्मीय सामुदायिक अस्पतालमा आँखा र कान उपचार केन्द्र सञ्चालनमा आएको छ।

शनिबारदेखि सञ्चालनमा आएको केन्द्र शनिबार सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद हरिबोल गजुरेलले उदघाटन गरे। आत्मीय सामुदायिक अस्पतालको समन्वय र सगरमाथा चौधरी आँखा अस्पताल लहानको स्वामित्वमा सञ्चालनमा आएको उपचार केन्द्रमा आँखा र कानका सवै उपचार सेवा दिइने आत्मीय सामुदायिक अस्पतालका कार्यकारी निर्देशक सन्जिब केसीले जानकारी दिए। 

सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउँपालिका, रामेछाप र ओखलढुंगालगायतका ठाउँका बिरामीहरुलाई मध्यनजर राखेर यस क्षेत्रकै पहिलो सुविधा सम्पन्न उपचार केन्द्र सञ्चालनमा आएको निर्देशक केसीको भनाइ छ। केन्द्रमा स्लिडल्याम्प, कम्प्युटराइज्, भिज्युअल अक्युटी प्रविधिमा आँखाको र माइक्रोस्कोपी प्रविधिमा कानका बिरामीहरुको उपचार गरिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.