|

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ मा शनिबार राति मोटरसाइकल दुर्घटनामा परी दुईजनाको ज्यान गएका परिवारजनले आइतबार इलाका प्रहरी कार्यालय झलारीमा प्रदर्शन गरेका छन्। मृतकका आफन्तमाथि प्रहरीले कुटपिट गरेको भन्दै प्रदर्शन गरिएको हो।

 संघीय प्रहरी इकाई कार्यालय धनगढीका एसएसपी देवबहादुर बोगटीले रामचन्द्र राना, भक्त राना र उमेश रानामाथि कुटपिट गरेको मृतकका काका रामबहादुर रानाले बताए।

 कुटपिट गर्दा घटनास्थलमै खसेको एसएसपी बोगटीको ९८५८४९४४४४ नम्बरको मोबाइल सेट इलाका प्रहरी कार्यालय झलारीमा बुझाएका छौं' उनले भने, ‘विनाकारण कुटपिट गर्ने एसएसपी र ट्रक धनीलाई इप्रकामा उपस्थित नगराउँदासम्म शव उठाउदैनौं।’ विनाकारण कुटपिट गर्नेमाथि उनले कारबाहीको माग गरेका छन्।

ट्रकमा मोटरसाइकल ठोकिएर शनिवार राति कृष्णपुर नगरपालिकाको देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.