|

काठमाडौं : राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकामा आइताबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन्। पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमलदेवी शाहको तस्वीर अंकित ब्यानरसहित सुरु गरिएको सत्याग्रहमा पूर्वराजावादी तथा शिव सेना नेपालमा आवद्ध अगुवाहरूको सहभागिता रहेको छ।

मुलुकको निकास र विकासका लागि ९५ प्रतिशत नागरिक हिन्दु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापना र नेपालको निकास तथा विकासका लागि राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह सुरु गरिएको शिव सेना नेपालका केन्द्रीय सदस्य चीरणवीर प्रताप खड्काले बताए। उनले भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औँल्याउँदै सचेत रहन सरकारलाई दवाव दिन पनि सो सत्याग्रह सुरु गर्नु परेको बताए।

स्वतन्त्र नागरिक समाजले सो सत्याग्रहलाई सफल बनाई मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.