|

काठमाडौं : डा नम्रता पाण्डे र डा प्रद्युम्नराज पाण्डेका दुई कृति सार्वजनिक भएका छन्। 'रहस्यः जीवन र प्रेम' तथा 'ऊर्जा' नामक कृति राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो। शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई कृति सार्वजनिक गरेका हुन्।

‘ऊर्जा’ कृतिमा समसामयिक एवं सामाजिक विषयवस्तुका ४७ निबन्ध समावेश छन्। 'रहस्यः जीवन र प्रेम' पुस्तकले जीवनमा प्रेमको महत्व दर्शाएको छ। प्रेमपूर्ण भावले मात्रै जीवनमा प्रगति सम्भव रहेकोतर्फ पुस्तक केन्द्रित छ। 

कार्यक्रममा प्रमुख अतिथि जोशीले पुस्तक जीवनोपयोगी भएको बताए। विशिष्ट अतिथि घिसिङले साहित्यभन्दा फरक कृषिमा विद्यावारिधि गरेका दम्पतिले कला साहित्यतर्फ समेत पुर्‍याएको योगदानको प्रशंसा गरे।

दायित्व वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समालोचक एवं सर्जक डा. रामप्रसाद ज्ञवालीले ‘ऊर्जा’ र डा. लेखप्रसाद निरौलाले ‘रहस्यः जीवन र प्रेम’ माथि समीक्षात्मक टिप्पणी गरेका थिए।

कृषिविद् डा प्रद्युम्नराज पाण्डे र स्वतन्त्र सामाजिक परामर्शदाता डा नम्रता पाण्डेका यसअघि आध्यात्मिक निबन्ध संग्रह 'आफ्नो किताब’ प्रकाशित भइसकेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.