|

काठमाडौं : उपत्याकामा ‘बैकिङ, बिमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ। 

काठमाडौंको भृकुटीमण्डलमा आइतबारबाट २ दिने सो प्रदर्शनी सुरु भएको हो। प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले सो प्रदर्शनीबाट लाभ लिन सबै उद्योगी, व्यवसायीलाई आग्रह गरे।

बैंक तथा वित्तीय संस्थाका सबै जानकारी एकै थलोमा पाउने भएकाले यसबाट उद्योगी व्यवसायीले ठूलो लाभ लिन सक्ने उनको भनाई छ।

गभर्नर नेपालले आर्थिक गतिविधि अघि बढाउन आयोजना गरिएको त्यस्ता प्रदर्शनीमा कम सहभागिता भएको भन्दै बैंक तथा वित्तीया संस्थाहरूप्रति पनि असन्तुष्टि व्यक्त गरे। प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तीय संस्थाहरूको स्टल राखिएका छन्।

गभर्नर नेपालले सो प्रदर्शनीको सदुपयोग गरेर पुँजी बजार र विमाबारे आवश्यक जानकारी लिन पनि सबै पक्षलाई सचेत गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.