|
बाबरी मस्जिद भत्काउँदै हिन्दु पक्ष

अखिल भारतीय मुस्लिम पर्सनल ल बोर्डले राम जन्मभूमि-बाबरी मस्जिद मामिलालाई लिएर फेरि सुप्रिम कोर्ट (सर्वोच्च अदालत)को ढोका ढक्ढक्याउने भएको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै मुस्लिम पक्षले फेरि सर्वोच्च अदालत जाने कुरा सार्वजनिक गरेको छ।

बोर्डको कार्यकारिणी बैठकले अयोध्या मामिलामा अदालतले दिएको फैसलाविरुद्ध पुनर्विचार मुद्दा दायर गर्ने निर्णय गरेको हो। बैठकमा सर्वोच्चको फैसलाबारे व्यापक चर्चा भएको बीबीसीले लेखेको छ।

बोर्ड बैठकपछि सचिव जफरयाब जिलानी, सदस्य किम रसूल इलियासलगायतले पत्रकार सम्मेलन गरेका थिए।

पत्रकार सम्मेलनमा वकिल जफरयाब जिलानीले मुस्लिम पक्षबाट मिसबाहुद्दीन, मौलाना महफुजुर्रह्मान, मोहम्मद उमर र हाजी महबुबले पुनर्विचार निवेदनका लागि सहमति दिएको जानकारी दिएका थिए।

मुस्लिम पक्षका एक सदस्य इकबाल अन्सारीलाई प्रशासन र प्रहरीले पुनर्विचार नदिनका लागि दबाब दिएको जिलानीले बताएका थिए।

जिलानीले भने, 'इक़बाल अन्सारी यसकारण पुनर्विचार निवेदनको विरोध गररहेका छन् कि प्रहरी र जिल्ला प्रशासन उनीमाथि दबाब बनाइरहेको छ। लखनऊ जिल्ला प्रशासनले हामीलाई पनि बैठक गर्न रोक लगाएको थियो। त्यसैले बैठकस्थल परिवर्तन गर्नुपरेको थियो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.