|

काठमाडौं : फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत कुवेतविरुद्ध हुने समूहको पाँचौ खेलका लागि नेपाली टोलीले अभ्यास थालेको छ। मंगलबार हुने खेलका लागि शनिबार भुटान पुगेको टोलीले त्यहाँको मौसमसँग अनूकल बन्नका लागि अभ्यास गरेको हो।

नेपाली मुख्य ४ खेलाडीविना नै भुटान पुगेर अभ्यास थालेको हो। ठमेलमा डिस्कोमा रातको २ बजेसम्म बसेको कारण विमल घर्ती मगरसहित अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी कार्वाहीमा पर्दै टिमबाट बाहिर राखिएको छ। दशरथ रंगशाला समयमा तयार नहुँदा उक्त खेल भुटानको चाङलिमिथाङ रंगशालामा आयोजना हुँदैछ।

तस्विर : अखिल नेपाल फुटबल संघ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.