|

काठमाडौं : भारत विश्वचर्चित क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटबारे प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन्। 

सचिनसँगको भेटबारे प्रधानमन्त्री ओलीले गरेको ट्विटमा जवाफ फर्काउँदै उनले स्वास्थ्यलाभको कामना गरेका हुन्। 'भेटको अवसर दिनुभएकोमा धन्यवाद! प्रधानमन्त्री श्री ओलीजी, तपाईंको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु', सचिनले भनेका छन्। 

उनले युनिसेफको कार्यक्रममा नेपालमा रहँदा न्यानोपन महसुस गरेको बताएका छन्। 'मलाई गरिएको न्यानो स्वागत र मायाले मलाई छोएको छ', उनले भनेका छन्,'मलाई सुन्दर दियो तपाईंले उपहार दिनुभएको छ। तपाईंले दिएको उपहारले विश्वमा उज्यालो, खुसी र समृद्धि दिने विश्वास छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.