|
प्रतीकात्मक फोटो

काठमाडाैँ : यही मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)का खेलहरू प्रसारणको अधिकार भारतीय कम्पनीले पाएको छ। भारतको एनके मिडिया प्रालि (नक्षत्र न्युज) सँग दक्षिण एसियाली ओलम्पिक काउन्सिलले ब्रोडिकास्टिङ पार्टनरका रूपमा सम्झौता गरेको हो।

उक्त सम्झौतामा काउन्सिलका तर्फबाट नेपाल ओलम्पिक कमिटी एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र एनके मिडियाका म्यानेजिङ डाइरेक्टर प्रभातरञ्जन मल्लिकले हस्ताक्षर गरेका छन्। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार ८ करोड रुपैयाँमा एनके मिडीयासँग सम्झौता भएको हो। सम्झौता अनुसार उसले सागको २७ वटै खेल प्रसारण गर्नेछ।

यस्तैगरी नेपाल टेलिभिजनबाट समेत सागका खेलहरूको प्रत्यक्ष प्रसारण हुनेछन्। एनके मिडियाले सागका खेलहरू प्रसारणका लागि २ सयभन्दा बढी क्यामेरला प्रयोग हुने बताएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले थाहाखबरलाई बताए।

मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा सागका खेलहरू हुनेछन्। १३औँ सागमा २७ खेलबाट ३ सय २४ स्वर्ण, त्यति नै रजत र ४ सय ७८ कास्यसहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.