|

अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन्। उनी सैफकी दोस्रो श्रीमती हुन्। सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए।

अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो। त्यतिबेला करिना ११ वर्षकी थिइन्। बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन्। उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, ‘अंकल, बिहेको बधाई’ 

कालान्तरमा उनै ‘अंकल’सँग करिनाले बिहे गरिन्, सन् २०१२ मा। उनीहरूको एक जना छोरा छन्, तैमूर। एक अन्तर्वार्तामा करिनाले एउटा शर्तमा सैफसँग बिहे गरेको बताएकी थिइन्। उनले सैफसँग बिहेपछि पनि आफूले काम गर्ने शर्त राखेकी थिइन् र सैफले स्वीकार गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.