|

भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा हिम पहिरोमा परेर चारजना सेना र दुईजना भरियाको मृत्यु भएको छ।

आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट को उचाइमा गस्ती गर्दै गर्दा हिमपहिरोमा परेर मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। 

सबैको अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण मृत्यु  भारतीय सेनाले जनाएको छ। सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुबैका सेनाले गस्ती गर्छन्। उक्त क्षेत्रको सार्वभौमिकतालाई लिएर विवाद छ।

वार्ताहरूपछि पनि पाकिस्तान र भारत सियाचिन ग्लेशियरमा सेनाको उपस्थिति हटाउन विफल भएका छन्। उक्त क्षेत्र संसारकै उच्च भागमा रहेको युद्धक्षेत्रको रूपमा परिचित छ।

सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको हो। त्यसबेला देखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको ज्यान गएको छ। सन् २०१६ को फेब्रुअरी महिनामा त्यही क्षेत्रमा रहेको सैन्य आधारमा हिमपहिरो जाँदा भारतीय सेनाका १० जनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.