|
फाइल तस्विर

काठमाडौं : कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको खेलमा नेपाल कुवेतसँग १-० गोलले पराजित भएको छ। भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग १-० गोलले पराजित भएको हो।

विश्वकप छनोट चरणको पहिलो खेलमा भने नेपाल कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको थियो।

कुवेतका बदर अल मतवाले २८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जितसँगै कुवेतको पाँच खेलबाट १० अंक प्राप्त गरेको छ भने चौथो स्थानमा रहेको नेपालको तीन अंक छ।

यो खेल नेपालको पहिलो घरेलु खेल हो। तर, नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण नभएपछि नेपाल र कुवेतले न्युट्रल भेन्युको रूपमा भुटानमा खेलेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.