काठमाडौं : संकटा क्लबका मिडफिल्डर सुभाष गुरुङले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन्। फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध भुटानमा भएको खेलमा सुभाषले ८९औँ मिनेटमा राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन्।
स्विडिस प्रशिक्षक योहान कालिनले तेज तामाङको स्थानमा सुभाषलाई मैदान प्रवेश गराउँदै सिनियर टोलीमा डेब्यु गराए। घरेलु फुटबलमा सुभाष संकटा क्लबबाट खेल्ने गर्छन्। गत वर्षको लिगमा संकटा दोस्रो रहँदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
फिफा विश्वकप छनोटको कुवेतविरुद्धको खेलका लागि २३ सदस्यीय टोली बाहिर रहेका उनलाई अन्तिम समयमा बोलाइएको थियो। राष्ट्रिय टिमका नियमित चार खेलाडी एन्फाको कारबाहीमा परेपछि उनलाई टिममा बोलाइएको हो।
सुभाष यसअघि म्यानमारसँगको मैत्रीपूर्ण खेलमा नेपालको २३ सदस्यीय टोलीमा समेत अटाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।