|
प्रतीकात्मक फोटो

कैलाली : सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार बेलुका ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी केन्द्र बिन्दु बनाएर ५ दशमल ७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। सुदूरपश्चिम प्रदेशसँगै भूकम्पको धक्का कर्णाली र प्रदेश ५ मा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ।

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, डोटी, बैतडी, अछाम, बाजुरा, बझाङ, दार्चुला, कैलाली र कञ्चनपुरसम्म भूकम्पको धक्का महसुस गरिएको हो। कर्णालीका सुर्खेत, दैलेख, प्रदेश नं.५ को बाँके, बर्दियालगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको थियो।

ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरू घरबाट निस्किएका थिए। अहिलेसम्म भूकम्पबाट भौतिक तथा मानवीय कुनै पनि क्षति भएको जानकारी आएको छैन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.