|
फाइल तस्विर

अछाम : अछाम प्रहरीले भरुवा भन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको रामारोशन गाउँपालिका ६ भटाकाटियाका २१ वर्षीय जगत साउद र सोही ठाउँका २२ बर्षिय लाल साउँदलाई अछाम प्रहरीले सोमबार राति पौने दस बजे पक्राउ गरेको हो ।

बन्दुक बोकेर पुदुस्थित बाटोमा हिँड्दै गरेका उनीहरूलाई प्रहरी चौकी शान्ताडाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको अछाम प्रहरीले जनाएको छ। उनीहरूबाट १ नाल भरुवा बन्दुक बरामद भएको हो। पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरु गरिएको अछाम प्रहरीप्रमुख जनक शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.