|

दोहा :  भोजपुरका प्रेमसिंह राईको कुवेत पुगेको तीन महिनामै अस्पतालको बास भएको छ। उच्च रक्तचापका प्यारालाइसिस हुँदा राई कुवेत पुगेको तीन महिनादेखि नै कुवेत स्थित आदन अस्पतालमा छन्।

उनी काम गर्दागर्दै ढलेपछि अस्पताल लगिएको थियो। कुवेतको एसटीएफए कन्स्ट्रक्सन ग्रुपमा कार्यरत उनको टाउकोमा रगत जमेको कारण पहिलोपटक टाउकोको हड्डी झिकेर पेटमा राखिएको थियो। 

उनी विगत आठ महिनादेखि आदन अस्पतालमा उपचाररत रहेका छन्। कुवेतस्थित नेपाली दुताबाससँगको समन्यपछि दूतावासका प्रतिनिधिले राई बारेमा जानकारी लिएपछि अस्पतालसँग समन्वय गरेर दोस्रो अपरेशन गरिएको भोजपुर सेवा समाज कुवेतका अध्यक्ष कोशराज राईले बताए।

अहिले उनको अप्रेसन भईसकेको र अस्पतालबाट डिस्चार्ज हुने अवस्थामा रहेको अध्यक्ष राईले जानकारी दिए। अप्रेसन सफल भएपनि उनको एउटा हात र खुट्टा नचल्ने अवस्था रहेकोले थप उपचार नेपाल गएर गर्नु पर्ने भएकाले उनको आर्थिक अवस्था पनि कम्जोर भएकोले भोजपुर सेवा समाज कुवेतले आर्थिक सहयोग अभियान चलाएर रकम सङ्कलन गरिरहेको समाजका अध्यक्ष राईले बताए।

अहिलेसम्म ७२८ कुवेती दिनार अर्थात झण्डै २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको र सङ्कलन कार्यजारी रहेको अध्यक्ष राईले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.