|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद पुनर्गठन गर्दै छन्। मन्त्री हेरफेरबारे प्रधानमन्त्री ओली बिहानैदेखि परामर्शमा जुटेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

सकभर आजै नयाँ मन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने प्रधानमन्त्रीको तयारी छ। हट्ने र नयाँ नियुक्त हुने मन्त्रीहरुको नाम औपचारिक रुपमा सार्वजनिक नभएपनि कम्तीमा ५ देखि १० जनासम्म मन्त्री फेरिने सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा पनि आज मन्त्रीपरिषद हेरफेर गर्ने भन्दै मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रम नराख्न निर्देशन दिएका थिए। 

यसैबीच हटाउने र नयाँ मन्त्रीको नामलाई अन्तिम रुप दिन अहिले नेकपाका अध्यक्षद्वय छलफलमा जुट्दैछन्। केहीबेरमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको हो। 

हेरफेर हुने मन्त्रीहरुको नाम टुंगिएपछि त्यसलाई अनुमोदन गरी अन्तिम रुप दिन पार्टीको सचिवालय बैठक पनि बोलाइएको छ। बिहान ९ बजे बस्ने भनिएको बैठक नेताहरु आन्तरिक छलफलमा व्यस्त भएकाले दिउँसो साढे १२ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.