पर्सा : प्रदेश नम्बर–२ का प्रदेश सभासदस्य ओमप्रकाश शर्मा माथि आज विहान वीरगन्जमा हातपात भएको छ। बिहान मनिङ्गवाकमा नै रहेका शर्मामाथि वीरगन्जको आदर्शनगरस्थित बल्लु चिया पसलअगाडि हातपात भएको हो।
शर्मालाई हातपात गर्ने नेपाली कांग्रेसका वीरगन्ज महानगरपालिकाका नगर अध्यक्ष भोला साह कलवारको समूह रहेको शर्माले बताए। अहिले शर्मा र साह दुवैको वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ। साह पनि शर्माले आफूलाई कुटपिट गरी घाइते बनाएको भन्दै त्यही अस्पतालमै उपचार गराइरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।