|

म्याग्दी : पर्वतको जलजला गाउँपालिका–३, माझफाँटको मल्लाजमा आयोजित निःशुल्क आँखा शिविरमा १७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। 

लायन्स क्लब अफ बेनी मल्लाजको आयोजनामा मंसिर १ देखि ३ गतेसम्म सञ्चालित निःशुल्क आँखा शिविरमा आठजना पुरुष र नौजना महिलाको शल्यक्रिया गरिएको लायन्स क्लब अफ बेनी मल्लाजका अध्यक्ष दिनेश बानियाँले जानकारी दिए। शिविरमा ५२३ जना लाभान्वित भएका छन्। सेवा लिनेमा ३१५ जना महिला २०८ जना पुरुष रहेका छन्।

हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा आयोजित शिविरमा आएका बिरामीहरुलाई निःशुल्क रुपमा चश्मा पनि वितरण गरिएको क्लबका महासचिव शिव जिसीले बताए। शिविरमा जलजला गाउँपालिकाबाहेक म्याग्दीको सदरमुकाम बेनीलगायत स्थानबाट समेत बिरामी पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.