सन् २०१९ मा गरिएको सम्झौतामा ५५ प्रतिशत मात्रै रकम निकासा

|

काठमाडौं : एसियाली बैंकबाट आर्थिक सहायता प्राप्त आयोजनाहरूको प्रगति स्थिति कमजोर देखिएको छ। बुधबार एसियाली विकास बैंकले राखेको समीक्षा बैठकमा दुवै पक्षले लक्ष्यअनुसारको प्रगति गर्न नसकेको जनाएका हुन्। 

बैंकले आयोजनाहरूको सुधारको लागि प्रभावकारी कार्यान्वयन र वितरण आवश्‍यतका रहेको औँल्याएको छ। एडिबीको नेपालमा सञ्चालित ३१ वटा परियोजनामा लगानी र २ वटा परियोजनामा ऋण सहयोग गरी  दुई हजार ९६५ मिलियन अमेरिकी डलर अर्थात् अहिलेको विनिमयदरअनुसार तीन खर्ब ४० अर्ब रुपैयाँ ऋण तथा सहयोग गरहेको छ। 

एडिबीले सहायता उपलब्ध गराउने यातायात क्षेत्रमा २५ प्रतिशत ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। त्यस्तै, शहर र खानेपानी क्षेत्रमा ९६ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। ऊर्जामा ६३ अर्ब ७१ करोड रुपैयाँ, शिक्षा क्षेत्रमा ५४ अर्ब ७४ करोड, कृषि तथा प्राकृतिक स्रोतको क्षेत्रमा ३४ अर्ब ४ करोड र अन्य क्षेत्रमा पाँच अर्ब ६३ करोड रुपैयाँ सहायता परिचालन गरेको एडिबीले जनाएको छ।

एडिबीले सन् २०१९ को १० महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो। सन् २०१९ मा गरिएको सम्झौतामा अक्टोबर १ सम्म ५४ प्रतिशत ठेक्का लागेको र ५५ प्रतिशतको रकम निकासा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आयोनजनाको प्रगति स्थिति कमजोर रहेको भन्दै शिशिरकुमार ढुंगानाले यथासक्य उपलब्धिमूलक काम गर्नुपर्ने बताए। उनले एडिबीबाट संचालित आयोजनाको समयमै काम सम्पन्न गर्नको लागि समन्वयन गर्ने जनाए।

परियोजना कार्यान्वयन गर्ने सबै निकायलाई इमानदारीपूर्वक आफ्नो उत्तरदायित्व निर्वाह गर्नुपर्ने उनले बताए। छलफलमा एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले विगतका अनुभव र अवरोधबाट पाठ सिक्दै निर्धारित काम समयमै आयोजना सम्पन गर्ने बाहेक अरू विकल्प नरहेको बताए। 

एडिबीले सरकारले कतिपय परियोजनामा पर्याप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलरदेखि ४० करोड अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य पूरा हुन नसकेको जनाएको छ। परियोजनाहरूमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रूपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.