|

हेटौँडा : प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहकारमा मकवानपुरका अधिवक्ता बावुराम दाहाल नियुक्त भएका छन्। कात्तिक २९ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौँडा उपमहानगरपालिका हटिया घर भएका दाहाललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।

तत्कालीन नेकपा एमालेका निर्वाचन विभाग सचिवसमेत रहिसकेका दाहाल १९ वर्षदेखि कानुनी पेशामा आवद्ध भएर कार्यरत छन्। दाहाल २०६१ सालदेखि काठमाडौंमा बसेर वकालतको काम गर्दै आएका छन्।

निर्णय भएको ६ दिनपछि बुधबार दाहालले नियुक्तिपत्र लिएको अधिवक्तासमेत रहेका उनका भाइ मदन दाहालले जानकारी दिए। कानूनी सल्लाहकारको रूपमा नियुक्त दाहालले सरकारी तलव भने नलिने बताएका छन्। तत्कालीन नेकपा एमाले र माओवादी पार्टी एक भएपछि नेकपा पार्टी दर्तादेखि सबै काम उनले गर्दै आएका छन्।

सार्वजनिक खरिद विज्ञका रूपमा परिचित दाहाल कानुनी पेसामा लाग्नुभन्दा पहिले निजामती सेवामा काम गरेर संगठनको अध्यक्षका रूपमा मकवानपुरमा रहेका थिए। दाहालले यसअघिको संविधान दिवस २०७६ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल चौथो जनसेवाश्री प्राप्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.