|
फाइल तस्विर

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। बैंकले हात्तीसार शाखामा उक्त मेसिन सञ्चालनमा ल्याइएको हो।

मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीले छिटो र छरितो रूपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन्। मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुने बैंकले विश्वास लिएको छ। आउँदा दिनमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकलाई चुस्त र दुरुस्त बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ सेवा थपिँदै लगिएको बैंकले जनाएको छ।

बैंकले देशभर चार एक्टेन्सन काउन्टरसहित १७२ वटा शाखा, १०१ शाखारहित बैंकिङ सेवा, १८७ एटिएम र १,६०० भन्दा बढी ओपिएस मेसिनमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.